Logo
Logo

कोशीको विकास परिषद्मा १५ सदस्य मनोनीत, को-को समेटिए ?


2.1k
Shares

काठमाडौं । कोशी प्रदेशको प्रदेश विकास परिषद्मा १५ जना सदस्य मनोनीत भएका छन् । जेठ २५ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश विकास परिषदमा १५ जना सदस्य थप गरेको हो ।

मनोनित हुनेहरुमा झापा गौरादह–१ का जीतबहादुर कार्की, विराटनगरका उद्योगी महेशकुमार जाजु, नवीन रिजाल, झापा दमककी राधिका ओझा, झापा हल्दीबारीका भवानीप्रसाद दंगाल, विराटनगरकी प्रतिभा रिजाल, विराटनगरकै उद्योगी प्रकाश मुन्दडा, संखुवासभाकी बबिता कटुवाल, काठमाडौँका सुयस प्याकुरेल रहेका छन् ।

त्यस्तै उदयपुर त्रियुगाका रमेशचन्द्र रोका, बूढीगंगा मोरङकी रिता न्यौपाने, सुनसरीका भीमप्रसाद घिमिरे, विराटनगरकै राधा अधिकारी, सर्लाहीका एकचन्द्र बराल र विराटनगरकै टिकाराम पुरी मनोनीत भएका छन् । प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ मा परिषद् गठन सम्बन्धी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्