Logo
Logo

आमाको हत्या आरोपमा छोरा पक्राउ


1.8k
Shares

काठमाडौं । भोजपुरको अरूण गाउँपालिकामा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङको हत्या गरेको आरोपमा अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

मिलनले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेका थिए । सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्