Logo
Logo

समृद्धि फाइनान्स लुटियो, कर्मचारी शंकाको घेरामा


756
Shares

काठमाडौं । सिराहामा रहेको समृद्धि फाइनान्स कसाहा शाखाको रकम चोरी भएको छ । गएको शनिवार फाइनान्सको भल्टबाट २३ लाख रुपैयाँ लुटिएको हो । फाइनान्सका कर्मचारीलाई बिदाको दिन अनधिकृत रुपमा भल्ट खोलेर २३ लाख रुपैयाँ लुटेको आरोप लागेको छ ।

फाइनान्सका एक उच्च अधिकारीका अनुसार सिसिटिभीमा कर्मचारीले झोला बोकेर फाइनान्स भित्र छिरेको र २३ लाख रुपैयाँ भल्टबाट झिकेर भागेको देखिएको छ । अभियुक्त शुक्रवार मात्र फाइनान्सको इटहरी शाखामा सरुवा भएका थिए । 

शनिवार फाइनान्सको शाखा अनधिकृत रुपमा खोली भल्टको चाबी दुरुपयोग गरी रकम लिएर भागेको ती अधिकारीले बताए ।

अधिकारीले भने, ‘सिसिटिभी फुटेजमा आफ्नै कर्मचारी लुटमा संलग्न भएको देखिएपछि प्रहरीलाई खबर गरेका छौँ । अहिले लहान प्रहरी र स्थानीय धनगढीस्थित प्रहरीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।’

प्रहरीले शङ्कास्पद बैङ्कका अन्य दुई कर्मचारी लाईसमेत पक्राउ गरेको छ । फाइनान्सका अधिकारीले भने, ‘पैसा लुट्ने योजना उनको मात्र थियो कि सामूहिक थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।’

लुटिएको रकमसहित फाइनान्सका तत्कालीन शाखा प्रबन्धक अहिले फरार छन् । प्रहरीले फरार कर्मचारी र लुटिएको रकमको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्