Logo
Logo

तत्कालीन गाउँपालिकाका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


945
Shares

काठमामाडौं । सिरहाको नवराजपुर गाउँपालिका तत्कालीन अध्यक्ष विश्व मोहन प्रसाद यादवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवराजपुर गाउँपालिकाका तत्कालीन यादव, उपाध्यक्ष शोभा कुमारी यादव भन्ने शोभा कुमारी, तत्कालीन योजना शाखा प्रमुख रमेश कुमार निधि, तत्कालीन जिन्सी प्रमुख संजय प्रसाद यादव, वडा नं. ४ का वडाअध्यक्ष मदन यादव र वडा नं. ५ का तत्कालीन वडाअध्यक्ष मनोज कुमार यादव, वडा नं. २ का तत्कालीन वडाअध्यक्ष खुशिलाल साह विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोम प्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सवइन्जिनियर सन्तोष कुमार यादव तथा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार नवराजपुर गाउँपालिका वडा नं. २ मझौरामा प्रदेश नं.२ सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो कार्य पूरा गर्नको लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी सम्पूर्ण रकम हिनामिना गरेको पाइएको छ ।

विद्यालय भवनको काम नै नगरी÷नगराई नभए नगरेको कामलाई भए गरेको भनी नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई झुट्टा मूल्याङ्कन गरी भुक्तानीको लागि स्वीकृत गरी÷गराई, फिल्डमा नभए नगरेको कार्यलाई भएको भनी देखाई १४ लाख ५१ हजार ५५१ रुपैयाँ० भुक्तानी लिई÷दिई गाउँपालिकालाई हानिनोक्सानी पु¥याएको अख्तियारको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्