Logo
Logo

गोली प्रहार गरी सिक्री लुटपाट


378
Shares

महोत्तरी । महोत्तरीमा गोली हानेर सिक्री लुटपाट गरिएको छ । जिल्लाको गौशाला नगरपालिका–११ भरतपुर बस्ने ३० वर्षीय मुरारी भनिने विनय कुमार महतोमाथि सिक्री लुट्न गोली हानिएको थियो ।

मरहा खोलामा सोमबार साँझ ६ बजे विनयमागि गोली प्रहार गरी सुनको सिक्री लुटपाट गरेको महोत्तरीका प्रहरी प्रवक्ता सन्तुलाल जयसवालले बताए । डीएसपी समेत रहेका जयसवालका अनुसार कम्मरमा गोली लागेर घाइते भएका उनलाई उपचारको लागि जनकपुर लगिएको छ ।

यता, गौशाला बजार जाँदै गर्दा मरहा खोलामा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरेको स्थानीयले बताएका छन् । घटनास्थलमा दुईवटा गोली भेटिएको छ । गोली प्रहरी गर्नेको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्