Logo
Logo

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई निलम्बन गर्छौँ: प्रचण्ड


2.6k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेशका नेकपा ९माओवादी केन्द्र० का सांसद फणीन्द्र देवकोटालाई निलम्बन गर्ने बताएका छन् । सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले स्वाभाविक रूपमा पार्टीले ह्विप जारी गरिसकेको भन्दै संविधान र कानुनको मर्म विपरीत फ्लोर क्रस गरेकालाई निलम्बन गर्ने बताए ।

उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले संसद् विघटन बाध्यता भएको धारणालाई लिएर सरकारमा कुनै नराम्रो हुने स्थिति नरहेको बताए । उनले ओलीले यस्तो धारणा सधैँ राख्दै आएको र पार्टीको कार्यक्रममा उक्त धारणा राख्नुलाई सामान्य रूपमा लिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सार्कलाई सक्रिय पार्ने कुरादेखि सीमासँग सम्बन्धित मुद्दा र व्यापार पार वाहनसँग सम्बन्धित मुद्दालाई सक्रिय बनाइ संवादबाट समाधान गर्न आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्