Logo
Logo

मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार विमान बेपत्ता


1.6k
Shares

एजेन्सी । दक्षिणपूर्वी अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपति सौलोस क्लोस चिलिमासहित ९ जना सवार विमान बेपत्ता भएको छ ।

राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको उपराष्ट्रपति चिलिमासहितका व्यक्तिहरु सवार सेनाको जहाज स्थानीय समयअनुसार ९ः१७ बजेदेखि बेपत्ता भएको हो ।

मलावीको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति सौलोस क्लोस चिलिमा सहित ९ जना सवार जहाज बेपत्ता भएको जानकारी दिएको छ । साथै उसले उनीहरुको खोजीकार्य जारी रहेको पनि जनाएको छ ।

राष्ट्रपति लाजरस चकवेराले सुरक्षाकर्मीहरुलाई खोज तथा उद्धारमा परिचालित हुन निर्देशन दिएका छन् । उनले बहामास जाने पूर्वनिर्धारित कार्यक्रम पनि रद्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्