Logo
Logo

कपिलवस्तुको बुद्धभूमिमा बस र पिकअप ठोक्किँदा एक जनाको मृत्यु


756
Shares

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ झडुलामाईमा बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र ०२–००१ ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किँदा पिकअपका चालकको मृत्यु भएको हो ।

कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पिकअपमा च्यापिएका बढईलाई दुई घण्टापछि निकालिएको थियो ।

दुर्घटनामा आठजना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बुटवल पठाएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्