Logo
Logo

गर्मी बढेपछि हरिवनका विद्यालय ५ दिन बन्द


189
Shares

काठमाडौं । अत्यधिक गर्मी बढेपछि सर्लाहीको हरिवन नगरपालिकाका विद्यालय पाँचदिन बन्द हुने भएका छन् ।
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले सोमबार सूचना जारी गर्दै आज (मंगलबार) बाट आगामी असार १ गतेसम्मका लागि हरिवन क्षेत्रका सबै विद्यालय बन्द भएको जानकारी दिएका हुन्।

चर्को घाम, उच्च तापक्रम र तातो हावामा पठनपाठन सञ्चालन गरिरहँदा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूलअसर पर्ने देखिएकाले बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आजदेखि शुक्रबारसम्म (चारदिन) नगरभित्रका सम्पूर्ण विद्यालय बन्द रहने जानकारी दिएको हो।
तर, असार १ गते शनिबार परेकाले आजबाट बिदा भएका हरिवन क्षेत्रका विद्यालय अब ६ दिनपछि (असार २ देखि) मात्रै सञ्चालनमा आउने छन् ।

प्रतिक्रिया दिनुहोस्