Logo
Logo

यी विद्यालयका १७५ वटा सटरमा काठमाडौं महानगरले लगायो ताला


1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सात वटा सामुदायिक विद्यालयले व्यावसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ ।

महानगरको शिक्षा विभागले जेपी स्कुल, कन्या मन्दिर मावि, रत्नराज्य मावि, जनकल्याण मावि, पशुपति मित्र मावि, म.गलादेवी मावि र महेन्द्र माविले व्यवसायीक प्रयोजनका लागि भाडामा दिएका १७५ सटरमा ताला लगाएको हो ।

जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन् । जहाँ रेस्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप सञ्चालन हुँदै आएको महानगरले उल्लेख गरेको छ । यस्तै, कन्या मन्दिर माविका ३६, रत्नराज्य मावि बानेश्वरका ११ वटा, जनकल्याण माविका १४, पशुपति मित्र माविका ३६, मंगलादेवी माविका १२ र महेन्द्र मावि बौद्धका २० सटरमा ताला लगाइएको हो ।

विभागसँग महानगर प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर आइतबार र सोमबार सटर तथा टहराहरूमा ताला लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्