Logo
Logo

फिफा विश्वक छनोटमा आज नेपाल र यमन भिड्दै


0
Shares

काठमाडौं । फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यमनबिचको खेल साउदी अरबमा नेपाली समय अनुसार राति ११ः ४५ बजे सुरु हुनेछ ।

एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । त्यो समूहमा रहेका चारवटै राष्ट्रले पाँच–पाँच खेल खेलिसकेका छन् । पाँचवटै खेलमा विजयी भएको यूएई १५ अंकसहित तालिकाको पहिलो स्थानमा छ । १० अंकसहित बहराइन दोस्रो स्थानमा रहेको छ ।

यूएई र बहराइन विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेका छन् । चार अंकसहित यमन तालिकाको तेस्रो स्थानमा छ । नेपालले भने पाँचवटै खेलमा हार भोगेको छ । हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन भने १८ गोल खाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्