![](https://www.drishtinews.com/wp-content/uploads/2023/04/bhuwan-giri_hNEHjE3AhN.jpg)
काठमाडौं । पूर्वपत्नी बलात्कार कसुरमा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय हुने फैसला भएको छ ।काठमाडौँ जिल्ला अदालतले सोमबार बलात्कार मुद्दामा गिरीलाई ७ वर्षको जेल सजाय र ३ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।
काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले गिरीलाई ३ लाख रुपैयाँ जरिवाना हुने र त्यो रकम क्षतिपूर्तिका रूपमा पीडितले पाउने फैसला भएको जानकारी दिए । सम्बन्ध विच्छेद भइसकेर पनि गिरीले पूर्वश्रीमतीसँग सहमतिबिना पटकपटक शारीरिक सम्बन्ध राखेको भनी मुद्दा परेको थियो ।
यही जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । सजायचाहिँ हिजो जेठ २८ गते तोकिएको हो ।