Logo
Logo

मनाङेले भौतिक पूर्वाधार र देवकोटाले उर्जा मन्त्रीको शपथ लिए


1.7k
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार प्रदेशसभाबाट विश्वासको मत पाएका पाण्डले आज (मंगलबार) दुई मन्त्री थप गर्दै सरकार विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीद्वय फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) ले शपथ पनि लिइसकेका छन् । प्रदेश प्रमुख कृष्णप्रसाद धितालले उनीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच शपथ ग्रहण गराए ।

देवकाटोले ‘फ्लोर क्रस’ गरेर पाण्डेलाई सोमबार विश्वासको मत दिएका थिए भने मनाङेले कित्ता फेर्दै पाण्डेलाई मत दिएका थिए । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाएका छन् भने मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रको चुनाव चिह्न हँसिया–हतौडाबाट विजयी नेसपाका सांसद देवकोटाले विश्वासको मत दिएबापत मन्त्री पद उपहार पाएका हुन् । मनाङे भने ६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत पु¥याउँदै आएका छन् । उनी गण्डकीमा छैटौं पटक मन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्