Logo
Logo

आर्थिक सुधारको काममा सरकार प्रतिवद्ध छ : अर्थमन्त्री


504
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तीन खम्वे अर्थनीति अनुसार नै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निजि क्षेत्रलाई अग्रभूमिकामा राख्दै संविधानमा उल्लेख तीन खम्वे अर्थनीति अनुसार नै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका हुन् ।

राजनीतिक नेतृत्व लगाएतका बिज्ञहरुको सहभागीतामा आर्थिक सुधारका लागि नीतिको निरन्तरतासहितको रोडम्याप आयोगमार्फत बनाइने उनले बताए । अर्थमन्त्री पुनले जलविधुत क्षेत्र, सिमेन्ट क्षेत्र लगाएतमा पुरानै निति भएकै कारण उक्त क्षेत्र राम्रो भएको भन्दै सूचना प्रविधि लगाएका रुपान्तकारी क्षेत्रमा पनि साझा रोडम्याप बनाउन जरुरी रहेको धारणा राखे ।

सरकारले लिएको लक्ष्य अनुसार नयाँ चरणको आर्थिक सुधारको काममा सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रको चूनौति पार गर्दै अहिलेको अवस्थामा आइपुगेको भन्दै नियम कानूनमार्फत यस क्षेत्रको बिकासका लागि सहज वातावरण बनाइने धारणा राखे ।

सूचना प्रविधिमा रहेका अनियमितता र बेतिथीलाई सफा गर्दै यस क्षेत्रलाई व्यवस्थीत बनाइने उनको भनाइ छ । मन्त्री शर्माले राष्ट्रिय प्राथमिकताको क्षेत्रका रुपमा सूचना प्रविधिलाई राखिनु ऐतिहासिक कार्य भएको बताए । उनले सूचना प्रविधि तथा दुरसञ्चार क्षेत्रको पुराना कानूनलाइ समयानुकुल परिमार्जनको तयारी भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्