Logo
Logo

जसपा नेपालद्वारा मधेश सरकारको नीति तथा कार्यक्रम बहिष्कार


315
Shares

जनकपुरधाम । जनता समाजवादी नेपालले मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम बहिष्कार गरेको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर, प्रदेशसभामा जसपा नेपालका सांसदहरु अनुपस्थित छन् ।

जनकपुरधाममा जसपा नेपालको एकताको महाधिवेशन जारी छ । उसले महाधिवेशनका कारण नीति तथा कार्यक्रम सार्न मुख्यमन्त्रीसँग आग्रह गरेको थियो । तर नमानेपछि आफूहरु नगएको जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्