Logo
Logo

एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित


1.4k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन् । उनी तीन सय ७० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गर्नु भएको अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले जानकारी दिए । जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित भएका थिए ।

महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित भएका छन् । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो । आज ९५ पदका लागि मात्र निर्वाचन भएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000