Logo
Logo

यो लभ गर्ने समय होइन– नग्मा श्रेष्ठ, मोडल


- दृष्टि न्युज/संवाददाता


थोरै सयम धेरै काम । यही कारण यतिखेर ग्यामर्स क्षेत्रमा मोडल नग्मा श्रेष्ठ चर्चामा छिन् । उनी हेर्दा जति सुन्दर र हँसिली छिन्, त्यस्तै, ट्यालेन्ट पनि । त्यही गुणले नग्माले आफूलाई छोटो समयमै ग्ल्यामरस फिल्डमा स्थापित गराएकी छन् । चितवनमा जन्मेर काठमाडौंमा हुर्केकी नग्माले करिब डेढ वर्षकै अवधिमा थुप्रै विज्ञापन र म्युजिक भिडियोमा मोडलिङ गर्न भ्याइसकेकी छन् । ‘मोडलिङ र अभनिय मेरो सानैदेखिको रुचि हो’ जोश र गर्वका साथ नग्माले सुनाइन्, ‘अब करिअर पनि यसैमा बनाउने उद्देश्य लिएकी छु ।’ उमेरले भर्खरै १८ टेकेकी नग्मा बिबीएस अध्ययरनत छिन् । विज्ञापन, म्युजिक भिडियो र ¥याम्प मोडलिङ गर्दै आएकी नग्मा भन्छिन्, ‘फिल्ममा जस्तोसुकै रोल पनि गर्न सक्छु ।’ कुसल नृत्यांगनासमेत रहेकी मोडल नग्मा श्रेष्ठसँग एमपी सुब्बाको जम्काभेट :
व्यस्त देखिनुहुन्छ ? हिजोआज के गर्दै हुनुहुन्छ ?
यही आउँने बिहीबार डान्स पर्फमेन्स गर्दैछु । अहिले त्यसैका लागि रिहल्र्सलमा व्यस्त भएकी छु ।
म्युजिक भिडियोहरुमा पनि व्यस्त होला नि ?

म्युजिक भिडियोहरु पनि थुप्रै मेरो हातमा छन् । तर, अहिले गरेकी छैन । समय फिक्स भएको छैन । अर्को कुरा पर्फमेन्सको लागि तयारीले व्यस्त भएँ ।
अहिले कति वर्ष पुग्नुभयो ?
हेर्दा कति वर्ष भएँ जस्तो लाग्छ तपाइँलाई ? अहिले म १८ वर्षमा हिँडिरहेकी छु । यही उमेरमा हो नि करिअर सुरु गर्ने पनि ।
मोडलिङ क्षेत्रमा कसरी आउनुभयो ?
सानै हुँदाखेरी नै मलाई मोडलिङप्रति रुचि थियो । तर, जब एसएलसीपछि प्लस–२ सुरु गरेँ, त्यसपछि यो क्षेत्रमा पाइला राखेकी हुँ ।
रुचिको क्षेत्रमा पाइला राख्ने अवसर कसरी जु¥यो ?
म डान्स पनि गर्छु । डान्स गर्दागर्दै मलाई पेपर एडका लागि प्रस्ताव आयो । मेरो मोडलिङ करिअर पनि पेपर एडबाटै सुरु भएको हो । त्यसपछि म्युजिक भिडियो, टिभी एड र ¥याम्प मोडलिङमा पनि अफर आउन थाल्यो । अहिले यसै क्षेत्रमा व्यस्त भएकी छु ।
पहिलोपटक मोडलिङ गर्दा कति पारिश्रमिक पाउनुभएको थियो ?
मैले २५ सय रुपैयाँ पाएकी थिएँ । तर, त्यो पनि मैले राखिनँ, बुबालाई दिएँ ।
हिजोआज चाहिँ कति लिनुहुन्छ , भन्न मिल्छ ?
म राम्रै पारिश्रमिक लिन्छु । मेरो आफ्नै रेट छ । तर, यहाँ नभनौँ होला किनकि रेट खुलाउँदा नकरात्मक सन्देश पनि जानसक्छ । अर्को कुुरा मैले म्युजिक भिडियोहरु पनि सेलेक्टेड मात्र गर्छु । जसले गर्दा मैले भनेजति नै पारिश्रमिक पाउँदै आएकी छु ।
मोडलिङमै करिअर बनाउँछु भन्नुहुन्छ । यहाँ त्यो अवस्था छ ?
एकदमै छ । यहाँ आत्मविश्वासका साथ मिहिनेत गरेर अगाडि बढ्यो भने मोडलिङमै करिअर बनाउन सकिन्छ । पहिले–पहिले यस्तो थिएन । तर, पछिल्लो समय प्रतिभा भएकाहरुका लागि अवसरको खाँचो छैन ।
तपाइँमा मोडलमा हुनुपर्ने खुबी के छ ?
ममा आत्मविश्वास छ । मोडलिङमै करिअर बनाउँछु भनेर उद्देश्य लिएर हिँडेकी छु । त्यसबाहेक प्रतिभा र सुन्दरता पनि मसँग छ जस्तो लाग्छ ।
फिल्मतिर रुचि छ कि छैन ?
फिल्ममा पनि रुचि छ । जसरी हुन्छ ग्ल्यामरस फिल्डमै करिअर बनाउँछु भन्ने उद्देश्य लिएर अगाडि बढेकी छ । त्यसैले फिल्ममा रुचि नहुने त कुरै भएन । मोडलिङ र फिल्मी अभिनय मेरो प्यासन हो ।
फिल्ममा कस्तो भूमिका आफूलाई सुहाउँछ जस्तो लाग्छ ?
जस्तोसुकै भूमिका पनि गर्न सक्छु भन्ने ममा आत्मविश्वास छ । तैपनि सुहाउने भूमिका नै भन्नुपर्दा लभस्टोरी सुहाउँछ होला किनकि म लभरगर्ल जस्तै देखिन्छु रे ।
मोडलिङसँगै कलेज पनि जानुहन्छ । केटाहरुले कति पछ्याउँछन् ?
हे…, राम्री केटीहरुलाई पछ्याउँने र जिस्काउने त केटाहरुको जातै हो नि । मलाई पनि फलो गर्छन् । तर, म वास्तै गर्दिनँ ।
पछ्याउँने केटाहरु के भन्छन् नि ?
त्यही त हो, मन पराउँछु, माया गर्छु भन्छन् नि । तर, मेरो यो समय लभ गर्ने होइन । म करिअर निर्माणको दौडमा छु । त्यसैले मलाई यस्ता कुराले छुदैन ।

प्रतिक्रिया दिनुहोस्