Logo
Logo

अरुण-३ आयोजनाका मजदुर सुतेको ठाउँमा पहिरो खस्दा १ जनाको मृत्यु


756
Shares

संखुवासभा । संखुवासभामा पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुरको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका प्रहरीले जनाएको छ ।

मंगलबार राति अविरल वर्षापछि खसेको पहिरोमा परेर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दिया घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो । पहिरोमा परेर मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन्।

उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा कोठा पहिरोमा पुरिएका छन्।

प्रतिक्रिया दिनुहोस्