Logo
Logo

कर्णाली पुलमा फसेर मरेका खच्चडकाे मालिकलाई क्षतिपूर्ति दिन माग


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सीताकुमारी रानाले कर्णाली नदीको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर सांसद रानाले पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरेका हुन् । यही जेठ २७ गते पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुईटाको मृत्यु भएको थियो ।

पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गरियोस् ।’

साथै उनले कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत सम्हार गर्न माग गरे । पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्