Logo
Logo

पत्रकार महासंघले एकपक्षीय रुपमा निर्वाचन अघि बढाउने प्रयत्न गरेको भन्दै प्रेस युनियनको आपत्ति


315
Shares

काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन नेपाल पत्रकार महासंघको नेतृत्वले उदासीनताप्रति गम्बिर ध्यानाकर्षण गरेको छ ।

युनियनका अध्यक्ष शिव लम्सालले एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने समय घर्किन लाग्दा पनि महासंघको नेतृत्वले नेपाल प्रेस युनियनसँग कुनै सम्वाद नगरी बेवास्ता गरेर एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेको भन्दै आपत्ति जनाएका छन् ।

महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन महासंघ र केन्द्रीय निर्वाचन समितिलाई युनियनका अध्यक्ष लम्सालले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्