Logo
Logo

लालीगुराँ‍‍स सहकारीका सीईओ सुरेन्द्र भण्डारी पक्राउ


1.8k
Shares

काठमाडौं । ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।

वचतकर्ताको रकम अपचलनको आरोपमा भण्डारीलाई शुक्रबार राति काठमाडौंको विशालनगरबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

भण्डारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्