Logo
Logo

लोघेकर दामोदरकुण्डका सबै घरपरिवारलाई विद्युतीय चुल्हो


315
Shares

म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सबै घरपरिवारलाई विद्युतीय चुल्हो वितरण गरिएको छ ।

दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले चुल्हो वितरण गरेका हुन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले पाँचवटै वडाका चार सय ५४ घरपरिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुल्हो वितरण गरिएको जानकारी दिए ।

“उजाड मरुभूमि भएको उपल्लो मुस्ताङको भूगोलमा खाना पकाउन र न्यानोका लागि दाउरा बाल्दा रुख बिरुवा मासिएर वातावरणमा असर पुगेको छ”, उनले भने, “दाउराको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाएर वातावरणका लागि प्रयास गरेका हौं ।”

विद्युतीय चुल्होको प्रयोगबाट कार्बन उत्र्सजन न्यूनीकरण र खाना पकाउने ग्यासको आयात तथा खपत घटाउन सकिने अध्यक्ष विष्टले बताए । विद्युतीय चुल्हो खरिदका लागि चालु आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु नौ लाख र गाउँपालिकाले रु आठ लाख विनियोजन गरेका थिए ।

जनप्रतिनिधि र एक्यापका प्रतिनिधिहरू यसै हप्ता सबै वडामा पुगेर चुल्हो वितरण गरेका हुन् । ध्येगाउँका पासाङ गुरुङले विद्युतीय चुल्हो भएपछि स्थानीयको दैनिकी सहज बनेको बताउनुभयो । गुइँठा, दाउरा खोज्नुपर्ने र महँगो रकम खर्चेर ग्यासको सिलिण्डर किन्नुपर्ने समस्या हटेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्