Logo
Logo

अनिलाकाे ‘तिमीबाहेक कसैलाई यो आँखाले छान्दै छानेन’


5.4k
Shares

काठमाडौं । गायिका एवं गीतकार अनिला राई र प्रथम नेपाली तारा दीपक लिम्बूको स्वर रहेको प्रेमिल गीत ‘तिमी बाहेक’ पुनः सार्वजनिक भएको छ । शान्तिराम राईको संगीत र प्रतिमा श्रेष्ठको शब्द रहेको यो गीत अनिला र दीपक लिम्बूले निकै अगाडि गाएका हुन् । तर, यो गीत अहिले पनि दर्शक तथा श्रोताले उत्तिकै रुचाउँदै आएका छन् ।

बेलायतलाई कर्मथलो बनाउँदै आएकी गायिका अनिला राईले अहिले यो गीतलाई आफ्नो अफिसियल युट्य्ब च्यानल ‘अनिला राई अफिसियल’मार्फत सार्वजनिक गरेका हुन् । याे लिरिकल भिडियो हाे ।

यो गीत गायिका अनिलाको ‘द लाइफ’ नामक एल्बममा समावेश छ । जुन अनिलाको दोस्रो गीति एल्बम हो । गायिका अनिलाले हालैमात्र सातौँ एकल एल्बम ल्याएकी थिइन् । उनको पछिल्लो एल्बम हो, ‘एन्जेलिना’ हो । जुन एल्बममा अनिलाको एकल शब्द रचना रहेको छ ।

गायिका अनिलको ‘तिमी बाहेक’का अलावा ‘बादलसँगै’, ‘ए साँइला’, ‘मेरो नजर’, ‘आँखाभरी’जस्ता दर्जनौँ गीतहरु चर्चित छन् । साथै, नेपाली फिल्म ‘विर विक्रम’को ‘टल टल टल्किने’ लोकप्रिय छ । जसमा अनिलासँगै लोकप्रिय गायक राजेशपायल राईको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्