काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । एकीकृत समाजवादीले महाधिवेशनमा अतिथिका लागि ओलीलाई पनि निम्ता दिएको छ । तर, ओली महाधिवेशनमा नजाने र त्यस समयमा पार्टीकाे कृषि विभागको कार्यक्रममा जाने तय भएको एक एमाले नेताले बताए ।

एमाले अध्यक्ष ओलीले अझैपनि नेकपा एकीृत समाजवादीको अस्तित्व स्वीकार गर्न चाहेको छैनन् । राष्ट्रिय पार्टीसमेत नरहेको दलको महाधिवेशनमा एमाले अध्यक्ष जाने कुरा नहुने ती नेताले बताए ।
एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । असार २० गतेसम्म चल्ने महाधिवेशनको आज उद्घाटन सत्र हुँदैछ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने महाधिवेशनको उद्घाटन सत्रअघि बिहान ११ बजे भृकुटीमण्डपबाट ¥याली निस्कँदैछ । २०७८ भदौमा नेकपा एमालेबाट विभाजन भएर नयाँ पार्टी गठन गरेयता एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । तैप्नि एमालेकै निरन्तरता भएकाले दसौं महाधिवेशन भनिएको एकीकृत समाजवादीले जनाएको छ ।














