
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएकाे हाे ।
भेटमा उनीहरुबीच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती र एमाले अध्यक्ष ओलीबिच बालकोटमा करिब ३ घण्टा भेटवार्ता भएको थियो । उक्त भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।














