Logo
Logo

प्रतीक र बेचन झालाई अदालतमा उपस्थित गराइँदै


1.3k
Shares

काठमाडौं । शुक्रबार पक्राउ परेका प्रतीक थापालाई प्रहरीले आज अदालतमा पेस गर्दैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार साँझ काठमाडौँको कपनबाट पक्राउ परेका उनलाई आज प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गर्न लागेको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ । उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा प्रहरीले सजाय माग गरेको छ ।

प्रतिकसँगै प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका अर्का अभियुक्त बेचन झालाई पनि आजै अदालतमा पेस गर्दै छ । झा शनिबार पक्राउ परेका हुन् ।

हिजो शनिबार भएकाले प्रहरीले उनीहरुलाई आज अदालत लैजान लागेको हो । अभियुक्त प्रतीक पूर्वगृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्