Logo
Logo

ठगी आरोपमा लालीगुँरास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ


945
Shares

काठमाडौं । ललितपुरस्थित लालीगुँरास सहकारीका अध्यसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधान रहेका छन् ।

उनीहरूमाथि बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो ।

मुद्दा दर्ता भएसँगै संस्थाका अध्यक्ष तथा अन्य सदस्यहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौंको विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो । चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्