काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गर्दा पनि नआएको बताएका छन् ।

आइतबार काठमाडौँमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा बोल्दै अध्यक्ष नेपालले ओलीलाई १० पटक फोन गर्दा समेत फोन नउठाएको बताए । उनले भने, “नेकपा एमालेका साथीहरु कतै देखेको छैन । मैले निम्तो पठाएको हो । ओली जीलाई धेरै पटक फोन गरे । उहाँको सबै सहयोगीहरुलाई फोन गरे। तर कसैले उठाउनु भएन ।”
उनले पार्टी विभाजनको कारणले गर्दा निम्तो अस्वीकार गरेको भन्दै भने, “भर्खर ३ वर्षको भाउ हो । निको भएको छैन होला । त्यसैले गर्दा ओली जी आउनुभएन । धेरै गुनासो छैन । यस्तो कुरा राजनीतिमा पचाउन सक्नुपर्छ ।”
उनले कसैमाथि भेदभाव राख्नुपर्ने आवश्यक नरहेको भन्दै सबैलाई सद्भाव राख्ने बताए । राजनीतिको यात्रामा यस्तो घटनाहरु भइरहेने उनले बताए ।














