
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीसहितको बैठक बोलाएका छन् । उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो ३ बजे आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् ।
देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाएका हुन् । ओली देउवा भेटबारे पनि बैठकमा छलफल हुने एक नेताले बताए ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी केन्द्रीय समिति बैठकका सन्दर्भमा छलफल हुने बताए । उनका अनुसार १५ असारदेखि समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने छ ।














