Logo
Logo

सहकारी समस्या अन्त्य गर्न सरकार र राजनीतिक दल गम्भीर हुनुपर्छ : भीम रावल


315
Shares

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता डा. भिमबहादुर रावलले देशको तीन खम्बे अर्थतन्त्रमा महत्वपूर्ण मानिएको सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न सरकार र ठूला राजनीतिक दल गम्भीर हुनुपर्ने बताएका छन् ।

आज यहाँ आयोजित ‘सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति’ विषयक कार्यक्रममा उनले भने, “सहकारीको रकम अपचलन र ठगी गर्ने व्यक्तिविरुद्ध निर्धक्क आवाज उठाउनुपर्छ । सहकारीको रकम अपचलनका विषयमा कतिपय नेताबाट गैर–जिम्मेवारी अभिव्यक्ति आएको छ, । संलग्नलाई कारवाही गरिएन भने त्यो नगर्नेलाई मतियार भन्नुपर्ने हुन्छ ।”

संविधानविद् तथा नेपालका सहकारी समस्याबारे जानकार काशीराज दाहालले राज्य संयन्त्रमा बसेका व्यक्तिमा समस्या अन्त्य गर्ने इच्छाशक्ति र संवेदनशीलताको कमी मात्र नभई र अलमल्याउने प्रवृत्तिले सहकारी समस्या समयमा हुन नसकेको बताए ।

उनले भने, “राज्य संयन्त्रमा रहनेहरुमा समस्यालाई छिटो अन्त्य गर्ने जागरुकता देखिन्न । समस्या समाधान गर्ने हो भने कार्यान्वयन गर्ने अधिकारसम्पन्न आयोग हुनुपर्छ ।”

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सहकारी सामुहिकतामा आधारित व्यवसाय भएकाले समाजवादी अर्थतन्त्रको विकास तथा वर्गीय अन्तर विरोधलाई समाधान गर्न महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताए ।

उनले देशमा ‘सहकारी र ठगी’ एक अर्काका पर्यायवाची हुन भन्ने भाष्यका रुपमा स्थापित हुँदा सहकारीको उद्देश्य, दर्शन र सिद्धान्तअनुसार काम गरिरहेका सहकारी समेत पीडित हुन पुगेको धारणा व्यक्त गरे ।

कृषि क्षेत्रमा खोलिएका सहकारीले सीमित रुपमा भएपनि मुलुकलाई आत्मनिर्भर बनाउने दिशातर्फ काम गरिहरहेको पक्षलाई नजरअन्दाज गर्न निमिल्ने उहाँको भनाइ थियो । त्यसअवसरमा सहभागी अन्य वक्ताले लघु कृषि उत्पादनको दायरा थप विस्तार हुन नसकेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्