Logo
Logo

‘तिम्रो याद’मा सुमी (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । पुर्वमिस तामाङ तथा मोडल सुमी मोक्तान अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो याद’ बोलको गीतको भिडियोमा सुमी रितेश गुरुङसँग देखिएका छन् । भिडियोमा प्रेममा बिछोडिएका जोडीको पीडा देखाइएको छ । सार्वजनिक गीतमा ज्ञान सुब्बाको स्वर, दिनेश सुब्बाको संगीत र प्रतिक चाम्लिङको शब्द रहेको ।
ज्ञान सुब्बा लामो समयदेखि गीतसंगीतमा सक्रिय रहँदै आएका छन् । सोनाम पाख्रिनको निर्देशन रहेको म्युजिक भिडियोमा उत्सब दाहालको छायाँकन, सुशील न्यौपानेको सम्पादन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्