Logo
Logo

प्रियंका–आयुष्मानको कमाइको १० प्रतिशत असहायलाई !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । अभिनेत्री प्रियंका कार्की र उनका पति अर्थात अभिनेता आयुष्मान देशराज जोशीले आफूले कमाएको १० प्रतिशत असहाय, अनाथ र पीडितका लागि खर्च गर्ने भएका छन् । पछिल्लो समय चर्चाका रहेका यी जोडीले त्यसका लागि आयंका फाउण्डेशन घोषणा गरेका छन् ।
मनोरञ्जन क्षेत्रबाट दर्शकको माया बटुल्न सफल हुँदै आएका यी जोडीले उक्त फाउण्डेशनमार्फत जनचेतनासँगै सामाजिक काममा सक्रिय हुने बताएका छन् । कलाकारको आवाज धेरैले सुन्ने र मनन गर्ने भएकाले त्यसको माध्यम बन्नका लागि आयंका फाउण्डेशनको सुरु भएको उनीहरुको भनाइ छ ।
विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा, सरसफाई, महिनावारी, बालविवाहलगायतका विविध विषयमा चेतना फैलाउन फाउण्डेशन अग्रसर रहने प्रियंकाले बताइन् । आयुष्मानका अनुसार बालबालिकाको शिक्षामा विशेष जोड दिँदै असहाय, अनाथ र पिडितको घाउमा मल्हम पट्टी लगाउन फाउण्डेशनले सक्दो प्रयास गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्