Logo
Logo

मिलन र जोहेबको ‘एकदिन’, भिडियोमा सम्बन्धविच्छेद


2.1k
Shares

काठमाडौं । वैवाहिक जीवनमा जब सम्बन्धमा फाटो आउन थाल्छ, तब दुवैले एकअर्कामा आफूले गरेको योगदान र आफूमात्र ठिक भन्ने भावना जागृत हुन थाल्छ । यहि नै सम्बन्धबिच्छेदको मुल कारण हुन जान्छ भन्ने सन्देशसहित गायिका मिलन नेवार र गायक जोहेब मानन्धरको नयाँ गीत ‘एकदिन’को भिडियो सार्वजनिक भएको छ ।

जोहेब मानन्धरकै शब्द, संगीत रहेको यस गीतलाई सन्दिप कार्कीले एरेन्ज गरेका हुन् । हाईटेक इन्टरटेण्टमेन्टको प्रस्तुति रहेको गीतको भिडियोमा नायक कर्मा शाक्य र रुबिना थापाले अभिनय गरेका छन् ।

कविराज गहतराजको निर्देशन, दुर्गा पौडेलको सिनेमाटोग्राफी, मित्र डी. गुरुङको सम्पादन रहेको भिडियोमा जोहेबकै कथा र कन्सेप्ट रहेको छ ।

नेपाली सांगीतिक क्षेत्रा लामो समयदेखि कृयाशिल गायक जोहेब समय समयमा आफ्ना पृथक गीत लिएर आउने गरेका छन् । २०५७ सालमा ‘म यस्तो गीत गाउन्छु तिम्रो चहनामा’ गीतबाट चर्चा कमाएका गायक जोहेब राम्रो संगीतकारको साथै रचनाकारका रुपमा पनि चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्