Logo
Logo

‘धुन बनी’ आए महेन्द्र र दीपा (भिडियोसहित)


2.2k
Shares

काठमाडौं । गायक तथा संगीतकार महेन्द्र राई र दीपा तामाङको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘धुन बनी’ बोल गीतको भिडियोलाई एनएसएसके युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

महेन्द्र र दीपाको स्वर रहेको यस गीतमा शब्द तथा संगीत अमासी उर्बन राई र संगीत संयोजन फणीन्द्र राईको रहेको छ ।
उर्वनकै निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतको भिडियोमा मनिता गुरुङ र राज राईले अभिनय गरेका छन् । भिडियोमा यी दुईको जोडी सुहाएको छ ।

साथै, भिडियोमा बाल कलाकार अग्राना मगर र आदी राईको पनि अभिनय देख्न सकिन्छ । राज राईको निर्माण रहेको यस भिडियोको सम्पादन अमृत विश्वले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्