Logo
Logo

‘जिस्म’बाट निर्देशक र हिरोइन ‘आउट’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । नेपाली फिल्म ‘जिस्म’बाट निर्देशक र हिरोइन आउट भएका छन् । फिल्म ‘जिस्म–२’को टिजर सार्वजनिक भएको छ । तर, यस फिल्ममा अर्चना पनेरु छैनन् ।
यो फिल्म राजु गिरी निर्देशित ‘जिस्म’को सिक्वेल हो । अर्चनाको बोल्ड सीन र राजुको ग्ल्यामरस प्रस्तुतीका कारण ‘जिस्म’ले चर्चा पाएको थियो । तर, त्यसैको सिक्वेल ‘जिस्म–२’मा न राजु गिरीको निर्देशन छ, न त अर्चना नै छिन् । पछिल्लो यो सिक्वेलको टिजरमा फाइट र ग्ल्यामरलाई देखाएको छ ।
‘जिस्म–२’ मा राजु गिरी निर्माताका रुपमा मात्र रहेका छन् । यस फिल्मलाई इन्द्र जीले निर्देशन गरेका छन् । राजु गिरीले ग्ल्यामर निर्देशकबाट आफ्नो छबि परिवर्तन गरिसकेको भन्दै नयाँ निर्देशकलाई मौका दिएको बताएका छन् । सुरज कुँवरले छायांकन गरेको ‘जिस्म–२’बाट रमेश बिश्वकर्मा, नमिता खड्का र रेजिना भण्डारीले डेब्यु गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्