Logo
Logo

एमालेबाट पदमुक्त भए मणि थापा


33k
Shares

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै पूर्वमाओवादी पृष्ठभूमि भएका थापालाई पदमुक्त गरेको हो ।

पार्टीको विधानले लगातार तीनवटा बैठकमा बिना जानकारी अनुपस्थित भए पदमुक्त गर्ने प्रावधान छ । थापा लामो समय पार्टीका काममा निष्क्रिय भएकाले स्वतः पदमुक्त भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

स्रोतका अनुसार उनले ६ महिनाअघि नै पदबाट राजीनामा दिइसकेका थिए । ‘उहाँले ६ महिनाअघि राजीनामा दिइसक्नु भएको हो । एमालेले त्यसलाई स्वीकृत गर्न ढिला गरेको थियो’, स्रोतले भन्यो । केही समयअघि थापाले एमालेले लिएको राजनीतिक नीतिले अपेक्षा अनुसार नभएकाले विश्राम लिएको बताएका थिए ।

उनले पार्टीको काम छाडेर गत वर्ष देशव्यापी जनजागरण अभियान चलाएका थिए । थापाको गतिविधिप्रति ओली असन्तुष्ट थिए । पछिल्लो एक वर्षदेखि उनी पूर्णरुपमा निष्क्रिय रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्