Logo
Logo

चुनाव अघि सोनिया गान्धीकी छोरीको राजनैतिक वढुवा


- दृष्टि न्युज/संवाददाता



काठमाण्डाै, माघ ९ । भारतमा लोकसभाको चुनाव आउन केही महिना मात्र वाँकि छँदा सोनिया गान्धीकी छोरी तथा भारतीय कंग्रेस पार्टीका वर्तमान अध्यक्ष राहुल गान्धी कि वहिनी प्रियंका गान्धीको राजनैतिक वढुवा गरिएको छ ।

भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले माघ ९ गते वुधवार प्रियंका गान्धीलाइ पार्टीको महासचिवमा नियुक्त गरेको समाचारमा जनाइएको छ । प्रियंकाले उत्तर प्रदेशको पूर्वी क्षेत्र हेर्ने जिम्मेवारी पाएकी छिन् ।

आगामी लोकसभा चुनावमा जसले वहुमत पाउँछ, त्यस दलले भारतको आगामी प्रधानमन्त्रीको पद पाउनेछ । गत चुनावमा कंग्रेस पार्टीको हार भएको केही समय पछि तात्कालिन अध्यक्ष सोनिया गान्धीले छोरा राहुललाई पार्टीको अध्यक्षको जिम्मेवारी सुम्पेका थिए । अहिले चुनावी अभियानमा सहयोग पुगोस् भनेर तथा पार्टीको भविश्य सम्मको रणनैतिक सोच अनुसार प्रियंकालाई पनि पार्टीमा वढुवा गरिएको विश्लेषकहरुको भनाइ रहेकोछ ।

यस नियुक्तिले भारतीय कंग्रेस पार्टीमा नेहरु परिवारको विरासत अझ वलियो हुनेछ ।

राहुल गान्धी अविवाहीत छन् भने प्रियंकाको विवाह र्भैसकेकोछ ।

राहुलले विवाह नगर्ने स्थितिमा भारतीय कांग्रेसको पारिवारिक विरासत प्रियंकाको हातमा जानेछ ।

आगामी चुनावमा भारतीय कंग्रेस गठवन्धनले वहुमत ल्याएमा राहुल गान्धी प्रधानमन्त्रीका सशक्त दावेदार हुनेछन् ।

एजेन्सीहरु

प्रतिक्रिया दिनुहोस्