Logo
Logo

सप्तरीमा जङ्गली हात्ती आतंक, चार घर तोडफोड


- दृष्टि न्युज/संवाददाता


सप्तरी, २४ वैशाख । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा मंगलबार राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी धान, गहँु, चामल, दाललगायतका खाद्यान्न खाएर पाँच लाख रुपैयाँ बराबरको क्षति गरेको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए । लकडाउनले बेरोजगार भइ आयस्रोत बन्द भएका बेला हात्ती आतंकले जीवनयापन थप कष्टकर बनाएको पीडित श्यामकुमार रामले बताए । रामले खानाका साथै घर तोडफोडपछि आवासको पनि चिन्ता थपिएको बताए । हात्ती आतङ्क रोकथाम र नियन्त्रणतर्फ सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्