Logo
Logo

तनहुँमा चितुवा आक्रमणबाट एक घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

तनहुँ, २५ वैशाख । तनहुँको भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट गए राति एक जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ३६ वर्षीय रामबहादुर कुमाल रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

तीन बजे कुमालको घर नजिकै रहेको कुखुराको खोरमा चितुवा आएपछि चितुवा लखेट्ने क्रममा कुमाललाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते कुमाललाई उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको । उक्त चितुवालाई गाउँलेले मारेका छन् ।

जिल्लाको भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा चितुवा र मानवबीच द्वन्द्व बढ्दो छ । चितुवाको आक्रमणबाट यी ठाउँमा विसं २०७४ साल फागुनयता नौ बालबालिकाले ज्यान गुमाएका छन् भने छ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्