Logo
Logo

कुलेश्वरमा तिज कार्यक्रम


4.5k
Shares

काठमाडौं । योग विज्ञान साधना केन्द्र कुलेश्वरले आज अपराह्न तिजको उपलक्ष्यमा नाचगानको कार्यक्रम राखेको छ । नेपालीहरुको धर्म, संस्कृतिको जगेर्ना गर्न यस संस्थाले हरेक वर्ष तिज पर्व मनाउने गरेको छ ।

आज कुलेश्वर तिनकुनेस्थित योग विज्ञान साधना केन्द्रमा आयोजित तिज कार्यक्रममा ८० भन्दा बढी महिला सहभागी भएको केन्द्रका मुख्य प्रशिक्षक विद्यालक्ष्मी श्रेष्ठले दृष्टि अनलाइनलाई बताउनुभयो ।

मुख्य प्रशिक्षक श्रेष्ठले २०७३ सालदेखि कुलेश्वर आवास क्षेत्रमा योग सिकाउँदै आउनुभएको छ । बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुने योगमा ५० महिला र केही पुरुषहरुले नियमित योग अभ्यास गर्दै आएका छन् ।

मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार योग अभ्यासमा प्रायः गृहणीहरु सहभागी छन् । प्रेसर, सुगर, घुँडा दुख्ने, समस्या भएकाहरुलाई योग अभ्यासले फाइदा पुगेको छ । ‘स्वास्थ्य नै जीवन’, ‘सेवा नै धर्म’ भन्ने उद्देश्यका साथ दश वर्षदेखि सुरु गरिएको योग अभ्यास निरन्तर सञ्चालनमा छ ।

उक्त संस्थाले दीर्घरोगीहरुलाई औषधि सेवन गर्न आर्थिक सहयोग पनि गर्दै आएको छ । योगमा सहभागीहरुबाट चन्दा उठाएर आर्थिक सहयोग गर्ने गरेको मुख्य प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।

आजको तिज कार्यक्रमका लागि स्थानीय गौरी जोशी, कृपा श्रेष्ठ र गणेश श्रेष्ठले सहयोग गर्नुभएको छ । उक्त योग अभ्यासमा ८ जना सहयोगी प्रशिक्षक पनि छन् । आलोपालो गरेर सहयोगी प्रशिक्षकले योग अभ्यास गराउँदै आउनुभएको छ । सहयोगी प्रशिक्षकमा तुलसा दाहाल, कविता सुवेदी, ज्ञानु शाक्य, सृजना अर्याल, माया लामा, श्याम पौडेल, सुमित्रा गौतम र सरस्वती श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्