Logo
Logo

सिरहामा एक युवकको घाँटी रेटी हत्या


- दृष्टि न्युज/संवाददाता


सिरहा, ३० वैशाख । घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका १७ मा एक पुरूषको शव फेला परेको छ । स्थानीय ४० वर्षीय मोहम्मद सरिफ मियाँको हत्या गरिएको अबस्थामा घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या गरिएको फेला परेको मियाँको शब पोष्टमार्टमका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाइको छ । शवको प्रकृति हेर्दा गए राती नै मियाँको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्या कसले र किन गरेको विषयमा केही खुलेको छैन ।

घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली आउन लागेको र घटनाबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्