Logo
Logo

हराएका विशाल लक्ष्मीसँग देखिए (भिडियो)


- दृष्टि न्युज/संवाददाता



काठमाडौ, १० माघ । एक समय निकै व्यस्त थिए अभिनेता विशाल विष्ट । तर, केही समययता फिल्म क्षेत्रबाटै हराएका उनी अहिले म्युजिक भिडियोमा देखिएका छन् । नेपाली फिल्मलगायत भोजपुरी र मैथिली फिल्ममा समेत अभिनय गरिसकेका विशाल आफ्नै निर्देशनको भिडियोमा देखिएका हुन् ।
विशाल अभिनीत ‘सिउँदोको सिन्दुर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जुन भिडियोलाई उनैले निर्देशन र सम्पादन गरेका हुन् । फिल्ममा नयाँ धारको जगजगीसँगै उनी हराएका हुन् । उनको खोजी समेत हुन छाडेको अवस्थामा म्युजिक भिडियोमा देखिएका विशाल अभिनीत भिडियोलाई केटिएम अनलाईन टिभीले सार्वजनिक गरेको हो । उक्त गीतमा अनुप रेग्मीको स्वर रहेको छ भने सुभाष गौतमको शब्द, आलोक श्रीको संगीत रहेको छ । भिडियोमा विशाल बिष्टसँगै लक्ष्मी अर्यालले अभिनय गरेकी छन् ।

https://www.youtube.com/watch?v=IMvAl4l5ps4&feature=youtu.be&fbclid=IwAR3JN

प्रतिक्रिया दिनुहोस्