Logo
Logo

के नेताहरुचाहिँ बृद्ध हुँदैनन् ?


अशोकशरण अधिकारी


  • अशोकशरण अधिकारी

काठमाडौं, १ जेठ । कोरोना संक्रमण रोक्न झण्डै दुई महिनादेखि मुलुक लकडाउनमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पहिले नागरिकको स्वास्थ्य त्यसपछि मात्र अर्थतन्त्र’ भन्ने धारणा व्यक्त गरेका छन् । तर, प्रधानमन्त्रीकै अध्यक्षतामा गत २४ गते बसेको मन्त्रीमण्डल बैठकले काठमाडौंलगायत कम जोखिमका स्थानमा लकडाउन खुकुलो बनाउने निर्णय गर्यो । सोही बैठकले विभिन्न तीन दर्जन भन्दाबढी क्षेत्रलाई अत्यावश्यक घोषणा गर्दै आवश्यक सवारी साधन र जनशक्ति परिचालन गर्ने निर्णय गर्यो । तर, त्यसको एक हप्तापछि काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित ह्वात्तै थपिए ।

पछिल्लो एकसातामा मात्र संक्रमितको संख्या एक सयबाट दुई सय पचास नाघेको छ ।
महामारीबीच संघीय संसदको बजेट अधिवेशन पनि गत शुक्रबारदेखि शुरु भएको छ । २५ जना भन्दाबढी एकै ठाउँमा भेला नहुन दिइएको सरकारको निर्देशन यसबीचमा खुम्चेर एकजनामा आइपुगेको छ । तर, २ सय ७५ जनाको प्रतिनिधि सभा र ५८ जनाको राष्ट्रिय सभाको बैठक आयोजनाले उक्त निर्णयको उल्लंघन भएको छ । बैठकको दिन संसद परिसरमा कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरी कम्तिमा पाँच सय उपस्थित हुन्छन् ।

हाम्रा सांसदहरुको उमेर केलाउँदा आठजना जेष्ठ नागरिकको लागि तोकिएको ७० वर्ष वा सो भन्दाबढीका देखिन्छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ७४ वर्षका छन् । सोही पार्टीका डा. नारायण खड्का र प्रदिप गिरी ७० वर्ष, राजपाका महन्थ ठाकुर ७७ वर्ष र सोही पार्टीका लक्ष्मण लाल कर्ण ७२ वर्षका देखिन्छन् । उता, राष्ट्रिय जनता पार्टीका महिन्द्र राय यादव र चन्द्रकान्त चौधरी क्रमशः ७२ र ८४ वर्षका भए । भलै, यादवको उमेर कम छ, तर उनको नागरिकताबमोजिमको उमेर त्यहि नै हो । सत्तारुढ दल नेकपाका नन्दलाल रोका क्षेत्री पनि ७० वर्षका देखिन्छन् । अरु धेरैजना माननीय एकाध वर्षले मात्र ७० भन्दा कम छन् ।

 

संविधानतः संसदको अधिवेशनको आह्वान नियमित प्रक्रिया हो । तर, कोरोना भाइरसले विश्वका अन्य देशमा सांसद, मन्त्री, उच्चकर्मचारी कसैलाई पनि छाडेको छैन । युरोप र अमेरिकालाई हेर्दा कोरोनाले वृद्ध उमेरका डायबिटीज, मुटु तथा अर्बुद रोगीलाई धेरै गाँजेको देखिन्छ । हाम्रो संघीय संसदमा जेष्ठ नागरिकको लागि तोकिएको उमेरका र सोको नजिकै पुगेका माननीयहरुमध्ये धेरैजसो कुनै न कुनै रोगको औषधी सेवन गर्छन् । अन्यत्र झैं हाम्रोमा पनि उनीहरु कोरोना संक्रमणको उच्च जोखिममा छन् भन्नु कुनै अत्युक्ति नहोला ।
हाम्रा सांसदहरुको उमेर केलाउँदा आठजना जेष्ठ नागरिकको लागि तोकिएको ७० वर्ष वा सो भन्दाबढीका देखिन्छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ७४ वर्षका छन् । सोही पार्टीका डा. नारायण खड्का र प्रदिप गिरी ७० वर्ष, राजपाका महन्थ ठाकुर ७७ वर्ष र सोही पार्टीका लक्ष्मण लाल कर्ण ७२ वर्षका देखिन्छन् । उता, राष्ट्रिय जनता पार्टीका महिन्द्र राय यादव र चन्द्रकान्त चौधरी क्रमशः ७२ र ८४ वर्षका भए । भलै, यादवको उमेर कम छ, तर उनको नागरिकताबमोजिमको उमेर त्यहि नै हो । सत्तारुढ दल नेकपाका नन्दलाल रोका क्षेत्री पनि ७० वर्षका देखिन्छन् । अरु धेरैजना माननीय एकाध वर्षले मात्र ७० भन्दा कम छन् ।

बुधबार साँझ प्रधानमन्त्रीले कोरोना रोकथाम र लिपुलेक अतिक्रमण बारे छलफलका लागि सर्वदलीय बैठकको आयोजना गर्नुभयो । बैठकमा शेरबहादुर देउवासहित मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, ७१ वर्षका हुनुहुन्थ्यो । त्यसैगरी, ८६ वर्षका चित्रबहादुर के.सी. र ७६ वर्षका डा.प्रकाश चन्द्र लोहनीको पनि सहभागिता थियो ।
भोली शुक्रबार राष्ट्रपतिले संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । त्यसबखत संसदमा सम्पूर्ण सांसदसहित उपराष्ट्रपतिको पनि उपस्थिति रहनेछ । स्वयम् प्रधानमन्त्री स्वास्थ्यलाभको क्रममा रहेकाले संक्रमणको उच्च जोखिममा हुनहुन्छ ।

राष्ट्रपति र उपराष्ट्रपति पनि त्यत्ति धेरै निरोगी हुनुहुन्न । सरकारले संक्रमणबाट जोगाउन ७० वर्ष माथिका जेष्ठ नागरिक र कम उमेरका बालबालिकालाई घरबाट बाहिर ननिस्कन यसअघि नै सुझाएको छ । सरकार र संसदका पछिल्ला गतिबिधिले ती सुझाव सामान्य नागरिकको हकमा मात्र हो कि भन्ने भान परेको छ । सरकारका ती निर्देशन मासिक वृद्ध भत्ता बुझ्ने सर्वसाधारणलाई मात्र दिइएको हो की ? अन्यथा, कोरोना संक्रमणको जोखिम निम्न र विपन्न वर्गलाई मात्र चाँही होइन । यसले हालसम्म कुनैपनि वर्ग, लिंग, जात, धर्म र क्षेत्रलाई विभेद गरेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्