Logo
Logo

किट अभाव हुँदा विना जाँच १६० जना घर फर्किए


- नन्दा थापा, दृष्टि न्युज/संवाददाता


बाजुरा २ जेठ । जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका १ सय ६० जनालाई आरडीटी किट अभावमा विना चेकजाँच घर पठाईएको छ । १४ दिन क्वारेन्टाइनको बास पछि अनिवार्य आरडिटी जाँचगरेर मात्र घर पठाउनु पर्ने प्रावधान भएपनि किट अभावका कारण घर पठाइएको हो ।

जिल्लाका नौ वटै स्थानीय तहका क्वारेन्टाइनबाट गएको सातादेखि १ सय ६० जना आरडीटी जाँच नगरेरै घर पठाईएको छ । र्यापीट जाँचका लागि किट नभएकै कारण बाध्य भएर घर ७ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सल्लाह सहीत घर पठाउनु परेको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

देशमै आरडीटी किटको अभाव भएकोले स्वास्थ्य जाँच गरेर पठाउने गरेको अधिकृत पन्तको भनाई छ । अनिवार्य र्यापीड जाँच भनिएपनि निर्देशिकाको दोस्रो बुँदामा कुनै लक्षण नदेखिएको, स्वास्थ्य जाँच नियमित गरिएको र किट अभाव भएको अवस्थामा ७ दिन होम क्वारेन्टाइनमा बस्ने गरि भनिएकोले घर पठाउने गरिएको कार्यालयको भनाई छ ।

जिल्लामा किट अभावका कारण २ साता देखि र्यापीट जाँच रोकिएको छ । बाजुरा स् बाजुरामा कोरोना परिक्षणका लागि किट अभाव भएको छ । कोरोना परिक्षण आरडीटीबाट कोरोना भाइसर भए नभएको पत्ता लागाउन आवश्यक पर्ने किटको अभाव भएको हो । किट पर्याप्त नहुँदा कोरोना परीक्षण दुई सातादेखि रोकिएको छ ।

हालसम्म भारतलगायत अन्य मुलुकबाट ११ सय ६२ नागरिक भित्रिएका छन् । हालसम्म प्रदेश सरकारले कोरोना परीक्षणका लागि १३ सय मात्रै किट पठाएको छ । ती किटले विदेशबाट आएका ११ सय ६० जनाको आरडीटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताएका छन् ।

किट अभावकै कारण कोरोना जाँच हुन सकेको छैन् । भारतबाट समेत आएकाहरुलाई र्यापीड जाँच विना नै पठाईएकोले गाउँमा जोखिम बढ्ने अनुमान गरिएको छ । होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएपनि सबैपरिवारसँग अलग कोठाको व्यवस्थापन नहुने र आफन्तसँग भेटघाट गर्ने हुँदा जोखिम देखिएको छ ।

उसोत क्वारेन्टाइनमा बस्नेको नियमित चेकजाँच समेत चिकित्सवबाट हुनु पर्ने निर्देशिकामा उल्लेख छ, तर त्यो पनि गरिएको छैन् । क्वारेन्टाइनमा बस्नेहरुलाई खानपीन र बसाइको समेत समस्या छ ।

राज्यलाई सहयोग गर्न राहत फिर्ता

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बुढीगंगा नगर ९ नम्बर वडा कमिटी अध्यक्ष मिनबहादुर सिंहले राहत फिर्ता गरेका छन् । आफ्नो घरको आम्दानी र उत्पादनले खान पुग्ने भन्दै अध्यक्ष सिंहले संकटमा राज्यलाई सहयोग स्वरुप राहत फिर्ता गरेका हुन् ।

नगरपालिकाबाट गाउँमा राहत वितरणका लागि पुगेको टोलीलाई सिंहले थोरै भएपनि राज्यलाई सहयोग गर्न र दिएको सबै लिनु पर्ने भन्ने मान्यता त्याग्न राहत फिर्ता गरेको बताएका छन् । सरकारलाई सबै गाली मात्र दिने र गुनासो मात्र गर्ने गरेको अवस्थामा सिंहले सहयोग स्वरुप आफूले पाउने राहत फिर्ता गरेका हुन् ।

घरमा टन्न अन्न पात हुने र राम्रो आम्दानी भएकाहरुले पनि राज्यले केही नगरेको गुनासो गरिरहेको बेला सिंहले अरुका लागि सिक्न लायक काम गरेको नगर प्रवक्ता माया शाहले बताएकी छन् । बुढीगंगा नगरपालिकाले प्रत्येक वडामा पुगेर राहत वितरण कार्य गरिरहेको छ ।

नगरपालिकाबाट परिवारले पाउने ३० केजी चामल, ३ केजी दाल, २ केजी नुन, १ केजी चिनी, ४ वटा साबुन, २ पोका तेल र चार केजी तरकारी फिर्ता गरेका हुन् । नगरपालिकाले स्थायी जागिरे र लिन नचाहने जनप्रतिनिधी बाहेक अरु सबैलाई राहत वितरण गरिरहेको छ ।

बुधबार १० नम्बर वडामा वितरण कार्य गरेको नगरपालिकाले बिहीबार ९ नम्बर वडाको जुवापानी लगायतका टोलमा वितरण गरेको छ । जुवापानी टोलका १२३ परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष भरत थापाले बताएका छन् ।

राहत वितरण कार्यमा नगर कार्यपालिका सदस्य माया शाह, वडा अध्यक्ष भरत थापा, वडा सचिव भमरा छेडाल सहीत सहभागि छन् । भोलि वडा कार्यालय रहेको काप्रीतोला, सेरालवाडा, थापावाडा लगायतका गाउँमा वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्