Logo
Logo

ट्रक ठोक्किँदा २४ मजदूरको मृत्यु


- दृष्टि न्युज/संवाददाता


उत्तर प्रदेश, ३ जेठ (एजेन्सी) । भारतको उत्तर प्रदेशमा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका सवै मजदुर रहेका जनाइएको छ ।
स्थानीय समयानुसार शनिबार बिहान ३.३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुमध्ये अधिकांश विहार, झारखण्ड र पश्चिम बंगालका रहेको औरयाकी प्रमुख चिकित्सा अधिकृत अर्चना श्रीवास्तवले बताए । उनले अरु १५ जनालाई सैफाई विजिआईमा पठाइएको पनि जानकारी दिए ।
‘दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ, अरु २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ, गम्भीर घाइते मध्ये १५ जनालाई भने अन्यत्र अस्पतालमा लगिएको छ’ उनले भने ।
दुर्घटनामा परेकाहरु राजस्थानबाट विहार र झारखण्डतर्फ जाँदै गरेका मजदुर रहेको अर्चनाले बताए । यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले घटनाका बारेमा विस्तृत अध्ययन गर्न र प्रतिवेदन पेश गर्न प्रहरी उच्च अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले दुर्घटनाप्रति दुःख पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्