Logo
Logo

रौतहटका १० जनामा कोराना सङ्क्रमण, नेपालमा संक्रमित २९१ पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ४ जेठ । कोरोना भाइरस सङ्क्रमणको संख्या नेपालमा २९१ जना पुगेको छ । रौतहटमा आज १० जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा सङ्क्रमण देखिएको बताए ।

नयाँ सङ्क्रमितमा सबै पुरुष रहेका छन् । उहाँका अनुसार राजपुर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय र इशनाथ नगरपालिका वडा नंं ३ र ५ का २८, ३० र ३३ वर्षीय रहेका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको छ र उनीहरू स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् । नेपालमा शनिबार पहिलोपटक कोभिड–१९ सङ्क्रमणबाट एक जनाको मृत्यु भएको थियो । अहिलेसम्म ३६ जना पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्