Logo
Logo

नेपाल बङ्गलादेश बैंकका कर्मचारीको कोरोनो बीमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस महामारी विरुद्धको बीमा गरेको छ । बैकमा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैकले जनाएको छ ।

बैंक र आईएमई जनरल इन्योरेन्स बिचमा कोरोना बीमाको सम्झौता भएको हो । सम्झौता अनुसार अब बैकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसीआर परीक्षण पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपूर्ति वापत उपलब्ध गराइने छ ।

हाल यस बैकले आफ्ना ९५ वटा शाखा कार्यालय मार्फत नेपालभरी आफ्नो बैकिंग सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्