Logo
Logo

पत्रकारको नक्कली कार्ड बोकेर लकडाउनमा चोरी गर्ने पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ जेठ ।
लकडाउनको समयमा पत्रकारको नक्कली कार्ड बोकेर चोरी गर्ने दुई जना पक्राउ परेका छन् । आश्रय रिजाल भन्ने मिहाल रसाईली र अलि आलम मियालाई प्रहरीलाई प्रहरीले पक्राउ गरेको हो ।


उनीहरुले ३ जेठमा सिनामंगलस्थित होस्टलमा ल्यापटप, आइप्याड चोरी गरेका हुन् ।
सिसिटिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरी उनीहरुलाई मंगलबार गौशलाबाट पक्राउ गरेको हो । उनीहरुसँग एपिवान टेलिभिजनको नक्कली प्रेसकार्ड भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरुबाट चोरीएको ल्यापटक र उनीहरुको मोटरसाइकल समेत बरामद गरेको छ । धारिलो हतियार समेत बोकेर उनीहरु हिडेका थिए ।

प्रतिक्रिया दिनुहोस्