Logo
Logo

फेरि पक्राउ परे नक्कली डिएसपी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ जेठ ।
आफु डिएसपी भएको बताउँदै पटक पटक ठगी गरेका राजकुमार चापागाई फेरि पक्राउ परेका छन् । आफु सशस्त्र प्रहरीको डिएसपी भएको र स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भन्दै पेप्सीकोला बस्ने सम्झना केसी भट्टराईलाई उनले एक लाख २० हजार रुपैयाँ लिउको प्रहरीले जनाएको छ ।


महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो । उनी यसअघि ठगी आरोपमै चार वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । ठगी मुद्दा उनी पटक पटक पक्राउ पर्दै आएका छन् । उनको साथबाट नक्कली परिचयपत्र समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्