Logo
Logo

सीमानाका गड्डाचौकीबाट एकै दिन करिब २६ सय व्यक्ति नेपाल भित्रिए


- दृष्टि न्युज/संवाददाता


कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट हिजो सोमबार दुई हजार ५३७ जना नेपालीलाई सीमा नाकामा प्रवेश दिईएको छ । सीमावर्ती भारतीय बजार खटिमा, रुद्रपुर, वनवसा र टनकपुरका क्वारेण्टाइनमा रहेको र भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरुलाई सीमानाकामा प्रवेश दिइएको हो । मध्यान्ह १२ बजेदेखि खोलिएको सीमानाकाबाट साँझ ७ बजेसम्म सीमा प्रवेश दिइएको थियो । डडेल्धुरा, दैलेख, कालिकोट र डोटीलगायत क्षेत्रका एक हजार जनालाई सवारी साधानको व्यवस्था गरी गन्तव्यमा पुरयाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले बताए । खानाको व्यवस्था गरी गन्तव्यमा पठाएका छौं उनले भने, “मंगलबार समेत भारतीय निकटबर्ती क्षेत्रमा रहेका नेपालीहरुलाई समेत सीमा नाका प्रवेश गराउँछौं ।”

सीमा नाकामा प्रवेश दिइएकाहरुलाई थर्मल गनको सहायताले ज्वरो नाप्ने कार्य बाहेक कारोना चेकजाँचको अन्य कार्य गरिएको छैन । सीमा नाका प्रवेश दिईएकाहरुको व्यवस्थीत तरिकाले व्यक्तिगत विवरण सहितको फारम भर्न लगाइएको थियो ।

सामाजिक दुरी कायम गर्न लगाई व्यक्तिगत विवरण फाराम भरेका व्यक्तिहरुलाई एक बोतल पानी, मास्क र बिस्कुट उपलव्ध गराइएको प्रहरी नायव उपरीक्षक पौडेलले भने, “सीमा नाकामा रहेको हेल्थ डेस्कमा ज्वरो मापनपश्चात मात्रै सीमा नाकामा प्रवेश दिइएको छ । गन्तव्यमा पु¥याउन बाँकी रहेका व्यक्तिलाई भीमदत्तनगरस्थित क्वारेन्टिनमा राखिएको छ ।”

कञ्चनपुरसहित अन्य जिल्लाका गन्तव्यमा पु¥याउन बाँकी रहेका व्यक्तिहरुलाई भोलिदेखि सम्बन्धित पालिकामा पुरयाउने कार्य हुने उनको भनाइ छ । सीमानाका प्रवेश दिइएकाहरुलाई स्थानिय व्यवसायी र सञ्चारकर्मीहरुले खानाको व्यवस्था गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्